काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपा नफुटेको दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीका भावि कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै बरिष्ठ नेता खनालले नेकपा अहिलेसम्म नफुटेको दाबी गरेका छन् । उनले नेकपालाई फुट्न संविधानले नदिने तर्क गरे।
पार्टी फुट्न संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्ने र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउनु पर्ने व्यवस्था रहेको भन्दै बहुमत आफूहरुसँग भएकोले पार्टी नफुटेको उनको भनाई छ । पार्टीमा कोही चोइटिए पनि वडा तहसम्म पार्टी संगठित रहेको बरिष्ठ नेता खनालले बताए ।
नेकपा दुई पार्टीको एकीकरणबाट बनेको विशिष्ट परिस्थितिमा दुई अध्यक्ष राखिएको भएपनि दुवै अध्यक्ष बराबरी रहेको बरिष्ठ नेता खनालको भनाई छ । नेता खनालले प्रधानमन्त्री ओलीको गोमन साँपको जस्तो प्रवृति रहेको टिप्पणी गरे।





























प्रतिक्रिया