गान्धीले देखाएको अहिंसाको बाटो अनुशरण गर्न नेता, कार्यकर्तालाई देउवाको आग्रह

गान्धीले देखाएको अहिंसाको बाटो अनुशरण गर्न नेता, कार्यकर्तालाई देउवाको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पार्नु भयो । १५० औं गान्धी जयन्तीको अवसर पारेर बुधबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उहाँका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताउनु भयो । गान्धीले अहिंसाको बलमा तत्कालीन अंग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाई थियो । सभापति देउवाले गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताउनु भयो । उहाँले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आर्शिवाद रहेको स्पष्ट पार्नु भयो । काँग्रेस नेता पौडेलले गान्धीवादले विश्वलाई नै शान्तिको सन्देश दिईरहेको पनि उल्लेख गर्नु भयो ।

Skip This
Skip This
Logo