महराले सभामुख र सांसद पदबाट राजीनामा दिनुपर्ने नेकपाको ठहर

महराले सभामुख र सांसद पदबाट राजीनामा दिनुपर्ने नेकपाको ठहर

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले महराले दुवै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चार माध्यमहरूमा आएका समाचारहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुपर्छ भन्ने निर्णय गरेको छ ।’

सभामुख महरा नेकपाका प्रभावशाली नेता हुन् । उनी दाङ क्षेत्र नम्बर ३ बाट चुनिएका हुन् ।

Skip This
Skip This
Logo