सभामुख महराले तत्काल राजीनामा दिनुपर्छ- गगन थापा

सभामुख महराले तत्काल राजीनामा दिनुपर्छ- गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।  मंगलबार विहान प्रदेश ५ रिर्पोटर्स क्लब बुटवलले गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै नेता थापाले सञ्चारमाध्यममा आएको विषय गम्भीर भएको बताउँदै छानविनमा सहयोग गर्न सभामुखले पद भन्दा बाहिर बस्नुपर्ने सुझाव दिएका हुन् ।

नेता थापाले  सभामुखमाथि लगाइएको आरोपले आफू प्रतिनिधी सभाको सदस्यका हैसियतले स्तब्ध भएको समेत बताए । सभामुखजस्तो गरिमामय पदमा रहेका महरामाथिको यो आरोप देश कै प्रतिष्ठासँग जोडिएकोले घटनाको गम्भीर छानविन हुनुपर्ने नेता थापाको धारणा थियो ।

यदि महिलाले गलत आरोप लगाएको भए उनलाई पनि कारवाही  गर्नुपर्ने बताए ।

Skip This
Skip This
Logo