केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले पुष १३ गते देशभर प्रदर्शन गर्ने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले पुष १३ गते देशभर प्रदर्शन गर्ने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारको कदमलाई कांग्रेसले असंवैधानिक ठहरगर्दै सरकारविरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको हो । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकाद्वारा भएको संसद विघटनको विरुद्धमा आन्दोलनको घोषणा गर्दै त्यसको तयारी शुरु गरेको जनाएको छ ।

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले संघर्षको कार्यक्रम घोषणा गरेको छ। प्रतिनिधि सभा विघटनलाई कथित’ भन्दै आज बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले विभिन्न खाले संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकारहरू खोस्ने निर्णय गरेको छ । हालसम्म प्रचण्ड लगायत कुनै नेतालाई निष्कासन नगरेको ओली समूहको बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्दै ओलीलाई एकल रूपमा निर्णय तथा हस्ताक्षर गर्न सक्ने अधिकार प्रदान गरेको छ ।

यता, पूर्व माओवादी तथा नेकपाका सचिवालय सदस्य एवंम गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको ओली पक्षीय समूहको समर्थन गर्दै मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन लागि पर्ने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग आगामी चैत १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । गत वर्ष कोरोनाका कारण हुन नसकेको लिग एन्फाले यस वर्ष गर्न लागेको हो । सी डिभिजन क्लबका प्रतिनिधिहरूसँग बिहीबार भएको छलफलपछि आगामी चैत १ देखि लिग सञ्चालन गर्ने निर्णय गरिएको हो ।

पुनः निर्माणको क्रममा रहेको धरहराको २० औं तलाको पुनर्निर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २० औं तलामा बन्ने बार्दली बनाउने काम भइरहेको र आगामी असार मसान्त सम्म निमार्णका मूलभुत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने प्राधिकरणको तयारी छ । भिडियो :

Logo