कीर्तिपुर आउँदा माइती आए जस्तो लाग्छ- प्रचण्ड

कीर्तिपुर आउँदा माइती आए जस्तो लाग्छ- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरसँग गहिरो नाता सम्बन्ध भएको बताएका छन्।  शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘कीर्तिपुर आउँदा मलाई माइती आएजस्तो लाग्छ।’

युवा उमेरमा कीर्तिपुर र पाँगा धेरै कुरा सिक्ने ठाउँ भएको बताउंदै प्रचण्डले  पञ्चायतविरोधी आन्दोलनका बेला आफू कीर्तिपुरमा भूमिगत रुपमा बसेको, भूमिगत रुपमा प्रशिक्षणहरु चलाएको, संगठनहरु सञ्चालन गरेको र जनतासँग अन्तरक्रिया गरेको स्मरण गरे।

उनले २०६४ सालामा भएको पहिलो संविधानसभा चुनावमा कीर्तिपुरबाट चुनाव जितेको पनि स्मरण गरे। ‘पहिलो संविधानको निर्वाचन लड्ने थलो पनि यही कीर्तिपुर नै हुन आइपुग्यो’, उनले भने, ‘तपाईंहरुकै भरोसा र विश्वासले म यहाँबाट निर्वाचित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर पनि मलाई प्राप्त भयो।’

Logo