नेकपा विवाद : नेकपाका स्थायी कमिटी सदस्य, को कता ?

नेकपा विवाद : नेकपाका स्थायी कमिटी सदस्य, को कता ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साढे दुई वर्ष अघि नेकपा एमाले र माओवादी केन्द्रबीच ६०/४० को भागबण्डा मिलाएर एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । तर शीर्ष नेताहरुको कार्यशैलीगत मतभिन्नता, व्यक्तित्वको टकराव, र पदीय आकांक्षाको अभिलाषामा नै साढे दुई वर्ष अघि एकीकृत नेकपा दुई टुक्रा हुने निश्चित भएको छ ।

पाँच वर्षसम्म स्थिर सरकार बनाउने वाचासहित २०७४ सालको चुनावबाट अत्यधिक मत पाएको नेकपा सम्पूर्ण एकताको काम समेत नसकिँदै फुटको संघारमा पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधि सभा विघटन गरे पश्चात नेकपा फुटको संघारमा पुगेको हो । यतिबेला नेकपाको दुई समुह छुटाछुटै केन्द्रीय कमिटीको बैठक बसेका छन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा ओली समूहको र बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेर छुटाछुटै निर्णय समेत गरेका छन् ।

नेकपा दुबै समुहले पार्टीको आधिकारिक भएको दावी गरेका छन् । ओली समूहको बालुवाटारमा भएको केन्द्रीय सदस्यहरुको भेलाले आफ्नो समूह आधिकारिक भएको दाबी गरेको छ  भने दाहाल–नेपाल समूहले अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्दै बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले आधिकारिक आफूहरु रहेको दावी गरेका छन् ।

तर अब कुन समुह आधिकारिक हो भन्ने दुवै पक्षबाट निर्वाचन आयोगमा परेको आधिकारिकता–दाबीको आधारमा आयोगले फैसला गरेपछि मात्रै निकास पाउने छन् । अन्यथा आयोगले फैसला नगर्दासम्म दुबै पक्षले आ–आफ्नो दावी गरिरहने छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले केन्द्रीय कमिटी सदस्यको संख्या विस्तार गरेर १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । पार्टीको एकता महाधिवेशन २०७८ मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले ५ सय ५६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै अहिलेको ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीलाई १ हजार ३ सदस्यीय बनाएको छ । अरू १ सय ९६ सदस्य संख्या रिक्त रहेको र पूर्ति गर्दै जाने ओली समूहको तयारी छ ।

पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा नाम बुझाइएका ४ सय ४७ मध्ये १ सय २० जना केन्द्रीय सदस्य बैठकमा सहभागी थिए । मंगलबार नै ओली समुहले पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । ओलीपक्षीय प्रवक्रा ज्ञवालीले केन्द्रीय कमिटी बैठकपछि पार्टीको पहिलो वरियताको अध्यक्ष, महासचिव र पार्टी बैठकको माइन्युट आफ्नो पक्षमा भएकाले आफूहरूको बैठक र बैठकले गरेको निर्णय वैधानिक भएको बताएका छन् ।

यस्तै, ओली नेतृत्वको नेकपाले २०७८ मंसिर २ गते गर्ने महाधिवेशनलाई एकता महाधिवेशन गर्ने भएको छ  । यसअघि नेकपाले एकता महाधिवेशन यही सालको चैत २५ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, नेकपाको पुष्पकमल दाहाल–माधव नेपालसहितको बहुमत सदस्य सम्मिलित केन्द्रीय कमिटी बैठकले पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीलाई निष्कासन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ । प्रचण्ड समुहले अहिलेसम्म तटस्थ रहेका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा पनि आफ्नै समूहमा आउने दाबी गरेका छन् । दाहाल पक्षले आफ्नो बैठकमा ४ सय ४१ मध्ये ३ सय १५ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको आयोगलाई मौखिक जानकारी गराएको छ ।

नेकपाको स्थायी कमिटीमा रहेका नेताहरु कुन कता छन् त ?

पार्टी नै विभाजन हुन थालेकाले अहिले अंकगणित रुपमा नेकपा केन्द्रीय कमिटी र स्थायी कमिटीका नेताहरुको सुरु भएको छ । अहिले सबैलाई पार्टी फुटको अन्तिम चरणमा पुगेकाले कित्ताकाट भएर को कता लागे भन्ने सबैलाई चासो रहेको छ । स्थायी कमिटीको कुल ४५ सदस्यमध्ये २९ जना प्रचण्ड, माधव, झलनाथ समुहका छन् । १३ जना ओली पक्षमा छन् भने एक जना तटस्थ रहेका छन् ।

ओली पक्षमा को को ?

केपी शर्मा ओली, अध्यक्ष , ईश्वर पोखरेल, सचिवालय सदस्य , विष्णु पौडेल, महासचिव, राम बहादुर थापा बादल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा

प्रचण्ड-माधव समुहमा

पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष, माधवकुमार नेपाल, अध्यक्ष, झलनाथ खनाल, वरिष्ठ नेता, नारायणकाजी श्रेष्ठ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, धनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल, देव गुरुङ, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, शक्ति बस्नेत, जर्नादन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, गणेश शाह, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल, योगेश भट्टराई, अमिक शेरचन, अमृतकुमार बोहरा

तटस्थ
बामदेव गौतम, उपाध्यक्ष

 

 

Skip This
Skip This
Logo