काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको बैठक बालुवाटारमा जारी छ । आजको सो बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएका छन् ।
थापा यस अघिका कुनै पनि समूहको बैठकमा गएका थिएनन् । आज भने उनी प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा अग्रभागमा रहेका छन् ।
पूर्वमाओवादीबाट यस अघि लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा गइसकेका छन् ।





























प्रतिक्रिया