बुधबार पक्राउ परेका प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द रिहा भएका छन्। प्रहरीले बुधबार चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै उनी पनि पक्राउ परेका थिए ।
उता नेकपाका पाँचथर जिल्ला सचिव विजय नेम्वाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका घर भएका सचिव नेम्वाङलाई प्रहरीले फिदिम नगरपालिका वडा नं १४ लुङरुपाबाट मङ्गलबार पक्राउ गरेको हो ।
स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, उद्योगी व्यवसायी र सङ्घसंस्थामा धम्की दिँदै चन्दा माग गरेको आरोप लागेका नेम्वाङलाई प्रहरीले खोजी गर्दै आएको थियो ।
उनलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।





























प्रतिक्रिया