काठमाडौं ।
संसद् विघटनको विषय संविधान सम्बन्धी व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशले सुनुवाइ गर्नेछन् ।
संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोस्टरमा भएका १० जनामध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले छान्न सक्नेछन् । अहिले संवैधानिक इजलासका लागि तयार भएको रोस्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशसिंह राउत र सपना प्रधान मल्ल छन् ।
प्रधानन्यायाधीशले संवैधानिक इजलासमा आफू अनुकूल न्यायाधीश छान्न सक्नेछन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य भनिएकाले उनले अरू चार न्यायाधीश राखेर संवैधानिक इजलास गठन गर्नेछन् । बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्ने गरेको छ ।राजधानीबाट





























प्रतिक्रिया