प्रतिनिधी सभा विघटनविरुद्ध परेका रिटको सर्वोच्चमा सुनुवाइ शुरु

प्रतिनिधी सभा विघटनविरुद्ध परेका रिटको सर्वोच्चमा सुनुवाइ शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधी सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको केहीबेर अघि सुनुवाइ शुरु भएको छ।

प्रतिनिधी सभा विघटनविरुद्ध परेका १२ वटा रिटको सुनुवाइ शुरु भएको हो । सबै रिटहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेका छन् । अहिले १२ मध्ये तीनवटा रिटमाथि सुनुवाइ शुरु भएको सर्वोच्चले जनाएको छ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख, प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनहरु प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएको छ।

अहिले कञ्चन न्यौपाने, अमृत खरेल र अधिवक्ता लोकेन्द्र ओलीले दर्ता गरेको रिटमाथि सुनुवाइ शुरु भएको हो ।

विघटित संसद्का सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले मङ्गलबार रिट निवेदन दायर गरेका थिए भने अन्य सबै कानून व्यवसायीबाट रिट निवेदन परेको छ ।

प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन सम्बन्धी सम्पूर्ण काम कारवाही र सो सिफारिसका आधारमा भए/गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध आजसम्म १३ वटा रिट निवेदन दर्ता भएका छन् । त्यसमध्ये १२ वटा नियमित इजलासमा दर्ता भएका छन् । ती निवेदनको आजबाट सुनुवाइ शुरु भएको हो । संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनको शुक्रबार सुनुवाइ हुने तय भएको छ ।

 

Logo