‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठक वैधानिकता हुँदैन’ : प्रदीप ज्ञवाली (भिडियोसहित)

‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठक वैधानिकता हुँदैन’ : प्रदीप ज्ञवाली (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने कुनैपनि निर्णयले बैधानिकता नपाउने बताएका छन् ।

बालुवाटारमा सम्पन्न भएको ओली पक्ष केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले बैधानिकता नपाउने बताएका हुन् ।

प्रवक्ता ज्ञवालीले बैठकले पार्टीको एकता महाधिवेशन २०७८ मंसिर २ गतेबाट काठमाडौंमा शुरु गर्ने निर्णय गरेको पनि बताए। त्यसबाहेक विधानमा केही सामूहिक संशोधनहरु पनि गरेको बताए ।

एकता महाधिवेशनका लागि ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन भएको पनि प्रवक्ता ज्ञवालीले बताए । यस अघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्षभित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा पाएपनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार गरिएको बताए।

बैठकले प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको घोषणाको औचित्यलाई समेत समर्थन गरेको बताए । यस्तै बैठकमा के कारणले प्रतिनिधि सभा विघटन गर्नुपर्यो भन्ने सम्बन्धमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रष्ट पारेको प्रवक्ता ज्ञवालीले बताए। बैठकले केन्द्रीय कमिटीको अर्को बैठक आगामी बिहीबार ९ गते दिउसो १ बजे बस्ने निर्णय समेत गरेको छ । भिडियो :

 

Logo