अनिवार्य प्यानकार्ड लागु गर्ने व्यवस्थाप्रति माधव नेपाल असन्तुष्ट

अनिवार्य प्यानकार्ड लागु गर्ने व्यवस्थाप्रति माधव नेपाल असन्तुष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्टि जनाएका छन् ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पुर्वाधारविना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गरेका हुन् ।

उनले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले लागु गरेको प्रणाली लागु गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पुर्वआँकलन गर्न नसकिएको तर्क गरे । फोहोर मैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्थाप्रति पनि उनले असन्तुष्टी जनाए ।

उनले भने ‘अर्थतन्त्र सम्मृद्ध हुनुपर्यो आर्थिक अवस्था राम्रो हुनुपर्यो । सिंगो व्यवसाय फस्टाउदै जानुपर्यो । आर्थिक गतिविधि तिब्र ढंगले संञ्चालन हुदै जानुपर्यो । आर्थिक गतिविधि सुक्दै जाने, पूँजी पलायन हुदै जाने, रोजगारीका समस्या विकराल बन्दै जाने । यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठिक हुन्छ भनेर विचार नपुर्याईकन कुनै पनि कदम चाल्नु हुदैन ।’

नेपाल माले तर्फ

यसैविच नेकपाका वरिष्ठ नेता नेपाल सोमबार साँझ पाँच दिनका लागि मालदिभ्सको माले जाने भएका छन् । उनी एक विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथि बन्न मालदिभ्स जान लागेका हुन् ।
नागरिकबाट

Skip This
Skip This
Logo