यस्तै अवस्था रह्यो भने सत्ता उल्टन सक्छः प्रचण्ड (भिडियोमा)

यस्तै अवस्था रह्यो भने सत्ता उल्टन सक्छः प्रचण्ड (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याए ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यस तर्फ गम्भीर हुनुपर्ने जोड दिए ।

पुर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताए ।

 

Skip This
Skip This
Logo