सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा महानगरपालिकाका अध्यक्ष एवं सचिव, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति गठनबारे छलफल गर्ने कार्यतालिका रहेको छ ।
आज बसेको बैठकमा नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा पनि छलफल हुने बुझिएको छ। पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असहमति जनाउदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि आज दिउसो सिंगापुर जाने भएकाले त्यसअघि नै एकता प्रक्रिया टुंग्याउन बैठक बोलाएका हुन् ।































प्रतिक्रिया