सत्तारुढ दल नेपाल कम्यु्निस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
शुक्रबार बिहान ११ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिए । यसअघि बिहीबार डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि रोकिएको थियो।
शुक्रबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि दिउँसो ३ बजेका लगि बोलाइएको बैठक बिहान ११ बजे नै सुरु गरिएको हो। आजको बैठकले विभागको नेतृत्वका बारेमा टुंगो लगाउने बताइएको छ । विभागको विषयलाई लिएर पूर्व एमालेमा बढी विवाद रहँदै आएको छ।
स्कुल विभागमा पूर्व माओबादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट ईश्वर पोखरेलले दावी गर्दै आएका छन् ।































प्रतिक्रिया