सोमबार एकै मञ्चमा सम्बोधन गर्दै देउवासहित कोइराला र भण्डारी

सोमबार एकै मञ्चमा सम्बोधन गर्दै देउवासहित कोइराला र भण्डारी

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले सोमबार पर्वतमा एकै मञ्चमा सम्बोधन गर्न लागेका छन्।

नेपाली काँग्रेस पर्वतका अनुसार सोमबार पर्वत सदरमुकाम कुश्मा बजारस्थित लोकतान्त्रिक चोकमा हुने कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्न लागेका हुन्।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर केन्द्रीय नेताहरूबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

कार्यक्रमको तयारीका लागि विभिन्न १५ वटा समितिहरू बनाएर काम गरिएको र सबै तयारीहरू पूरा भएका काँग्रेसले जनाएको छ। सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुँदैछन्।

Skip This
Skip This
Logo