संसद बैठक बोलाउन प्रचण्ड-नेपाल समूहको माग

संसद बैठक बोलाउन प्रचण्ड-नेपाल समूहको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रचण्ड–माधव पक्षका सांसदहरुको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन अस्वीकार गर्ने र तत्काल संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो । बैठकले संविधान बमोजिम संसद बैठक बोलाउने समय भईसकेकोले संसद अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताए ।

बैठकले संविधान अनुसार प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नभएको ठहर गर्दै विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै संसदको नियमित कार्य अघि बढाउन माग गरेको हो । अहिलेको परिस्थितिमा एकताबद्ध हुन सबैमा आब्हान गरेको प्रमुख सचेतक गुरुङले बताए ।

प्रमुख सचेतक गुरुङले संसद विघटनको कदम विरुद्ध पार्टीले कानूनी र राजनीतिक प्रक्रिया अघि बढाउने बताएका छन् । सांसदहरुको अर्को भेला बुधबार बोलाईने पनि नेता गुरुङले बताए।

Logo