नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने खबरको खण्डन गर्दै समाचार पुष्टि गर्न चुनौति दिएको छ। "/>

‘प्रचण्ड’ सचिवालयको विज्ञप्ति: ‘प्रकाशको नाममा बिदेशी बैंकमा भएको पैसा देखाइदिनु’

‘प्रचण्ड’ सचिवालयको विज्ञप्ति: ‘प्रकाशको नाममा बिदेशी बैंकमा भएको पैसा देखाइदिनु’

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने खबरको खण्डन गर्दै समाचार पुष्टि गर्न चुनौति दिएको छ।

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै विदेशमा खाता भएको र पैसा जम्मा गरेको प्रमाणित गरिदिन चुनौति दिएका हुन्।  ‘कमरेड प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौ । परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्त्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपङ्ती एवम् जनसमुदायमा अपिल गर्दछौँ । यसप्रकारका झुठा प्रचार गर्ने तत्त्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी धु्रविकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहिन र भ्रामक कुप्रचारमा लागेका छन्।’

दिवंगत प्रकाशको नाममा दुबईको बैङ्कमा २१ अर्ब रुपैंयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने समाचार सार्वजनिक भएको थियो ।

Skip This
Skip This
Logo