संघीय संसदको प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सोमबार यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् ।
आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद यादवले बताएका छन् । उनले आफुलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजिनामा दिएको बताएका छन्। सभामुखको सचिवालयले भने उनले दिएको राजीनामाबारे निर्णय हुन् बाँकी रहेको जनाएको छ।
उनी समाजवादी पार्टीबाट सप्तरी १ बाट २१ हजार ७१२ मतका साथ विजयी भएका हुन् । उनी सप्तरीका चर्चित डाक्टर समेत हुन्।
उनको राजीनामा स्वीकृत भएको खण्डमा सप्तरी १ मा पनि उप निर्वाचन हुनेछ। सरकारले आगामी मङ्सिर १४ गते देशका विभिन्न ५१ स्थानमा उप निर्वाचन गर्दैछ ।































प्रतिक्रिया