मधेस प्रदेशमा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित

मधेस प्रदेशमा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित

केन्द्रबिन्दु
0
Shares

मधेस । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट बनेका दुबै उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूह तर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएकी छिन् ।

ढुंगानाले प्राप्त गरेको मत भार ७ हजार ३७० छ भने उनको प्रतिद्वन्दी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी हुन् । यस्तै जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ ।

महिला तर्फ निर्वाचित चौधरीको मत भार ७ हजार ९२३ छ भने उनको प्रतिद्वन्दी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ हो ।

बिहीबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान हुँदा कुल मतदाता ३७४ रहेकोमा ३७३ जनाले मतदान गरेका थिए ।

Logo