प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका भातृ संगठनहरुले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका भातृ संगठनहरुले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ । कांग्रेसले आफ्ना १३ वटा भातृ संगठन परिचालन गर्दै आज ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो।

कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्धरुपमा आन्दोलन गर्दै आएको कांग्रेसले यस अघि ४ चरणका आन्दोलन गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्‍त्रिक कदमविरुद्ध प्रदर्शन गर्न लागिएको र सबैको सहभागीताका लागि कांग्रेसले अपील गरेको छ ।

कांग्रेसले यस अघि १६५ वटै निर्वाचन क्षेत्र, ३३० वटै प्रदेश सभा, ७५३ वटै स्थानिय तह र ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गरिसकेको छ ।

आज हुने प्रदर्शनमा सहभागी बन्‍न देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रह गरेको छ।

 

Logo