काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। बालुवाटारको सुरक्षा छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत उपस्थित थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएको जानकारी दिए ।
सुरक्षा निकायसँगको बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुन सक्ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्न सक्ने चुनौतीबारे छलफल भएको थियो ।
बालुवाटारको छलफलमा प्रधानमन्त्रीले सबैतिरबाट असहयोग र घेराबन्दी गरेकोले आफूले यस्तो कदम चाल्न वाध्य हुनु परेको बताउँदै जनतामा जाने आफ्नो कदमलाई सघाउन आग्रह गरेका थिए।अन्नपूर्णबाट





























प्रतिक्रिया