संघीय संसद्का महासचिव पाण्डेयले लिए शपथ

संघीय संसद्का महासचिव पाण्डेयले लिए शपथ

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका थिए।

Skip This
Skip This
Logo