गगनकाे गर्जनः जतिसुकै शक्तिशाली होस् सहकारी ठगी गर्नेलाई कारबाही गर्नु पर्दैन ?

गगनकाे गर्जनः जतिसुकै शक्तिशाली होस् सहकारी ठगी गर्नेलाई कारबाही गर्नु पर्दैन ?

केन्द्रबिन्दु
6
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठगीमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै ताकत भएको होस् आम नागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्धा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? कानुनले कारबाही गर्नु पर्दैन ?’

साथै उनले सार्वजनिक जग्गा हडप्नेलाई दण्डित गर्नुपर्ने पनि बताए । ‘सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ। जग्गा हडप्ने होस् या मिच्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन । जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन ? ’ उनले साेधे ।

Skip This
Skip This
Logo