सांसद शर्माद्वारा बैतडीको पाटन बहुमुखी क्याम्पसमा एक लाखको अक्षयकोष स्थापना

सांसद शर्माद्वारा बैतडीको पाटन बहुमुखी क्याम्पसमा एक लाखको अक्षयकोष स्थापना

केन्द्रबिन्दु
3
Shares

बैतडी । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले बैतडीको पाटन बहुमुखी क्याम्पसमा गरिव, जेहेन्दार विधार्थीकाे लागि एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

पाटन बहुमुखी क्याम्पस स्ववियुद्वारा आयोजित ‘विद्यार्थीसँग सांसद’अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्ने क्रममा सांसद शर्माले गरिव, जेहेन्दार र दुर्गम गाउँका विधार्थीको उच्च शिक्षामा केही राहत पुगोस् भन्ने हेतुले अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छु भन्दै घोषणा गरेका हुन् । गरिबीका कारण कोही पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नहुने उनको भनाई छ ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा राज्यकाे गलत नीतिका कारण पिछडिएका दुर्गम ठाउँमा गरिव जनताका छाेराछाेरीहरु शिक्षाकाे पहुँचवाट वञ्चित हुनुपर्ने अवस्था रहेकाे भन्दै डा. शर्माले वर्तमान प्रचण्ड सरकारकाे गलत नीतिले राज्य अपराधीकरणतर्फ उन्मुख भइरहेकाे बताए । ‘शिक्षालाई सीप र राेजगारीसँग जाेड्ने नीति बनाएर हरेक नेपालीका छाेराछाेरीहरुले २ देखि ३ प्रतिशत सस्ताे लाेन सरकारले उपलव्ध गराएर राेजेकाे विषय पढ्न पाउने नीतिगत व्यवस्था गर्न सके सर्वसुलभ शिक्षा सवैकाे पहुँचमा हुन्छ । त्यसले शिक्षा क्षेत्रका समस्या समाधान हुन्छन् । सरकार जनताका पक्षका काम गर्ने कि अपराधिकरणामा लाग्ने अहिलेकाे मुख्य विषय त्यहि हाे ।’ उनले भने ।

सांसद डा. शर्माले विगत १ हप्तादेखि सुदुरपश्चिमका दार्चुला, वैतडीका दुरदराजका गाउँमा जनतालाई निःशुल्क स्वास्थ्य शिविर चलाएर स्वास्थ्य उपचारकाे सुविधा पुर्याइरहेका छन् ।

Skip This
Skip This
Logo