कोशी मन्त्रिपरिषद विस्तार, ६ जना मन्त्रीद्वारा शपथग्रहण

कोशी मन्त्रिपरिषद विस्तार, ६ जना मन्त्रीद्वारा शपथग्रहण

केन्द्रबिन्दु
84
Shares

विराटनगर । कोशी प्रदेश सरकारमा चारजना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा थपिएका उनीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री केदार कार्कीले उनीहरुलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका हुन् । थपिएका मन्त्रीहरुमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त गरिएको छ ।

माओवादीबाट संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि कात्तिक १७ गते मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका थिए ।

Logo