माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक दोस्रो दिन सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा स्थायी समिति सदस्यहरूले मस्यौदा विधान २०८० माथि आ–आफ्ना धारणा राखिरहेका छन्।

शुक्रबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा कार्यदलले बुझाएको सुझावसहितको मस्यौदा पेस गरेका थिए । अध्यक्ष प्रचण्डले समसामयिक राजनीति र अन्तर्राष्ट्रिय अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

मस्यौदाकारहरूले मस्यौदाको सारबारे बताएका थिए । बैठकले मस्यौदा परिमार्जनसहित अनुमोदन गरी आज सकिनेछ।

Skip This
Skip This
Logo