‘दैनिक १० जना भ्रष्टाचारीले आत्महत्या गरेको सुन्न पाऊँ’

‘दैनिक १० जना भ्रष्टाचारीले आत्महत्या गरेको सुन्न पाऊँ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सांसदहरुले भ्रष्टाचारीहरूले आत्महत्या गरेर मर्नुनै पर्ने बताएका छन् । दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएको भन्दै सांसदहरुले कडा अभिव्यक्ति दिएका हुन् ।

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा सांसद झपट रावलले भ्रष्टाचारीहरुले आत्महत्या गरेर मरेको सुन्न पाए राम्रो हुने बताए । निर्दोषहरूले भन्दा भ्रष्टहरूले आत्महत्या गर्ने दिन आउनुपर्नेमा उनको जोड छ ।

अपराधी र भ्रष्टाचारीले मर्नै पर्ने बताए । ‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ’, रावलले भने, ‘दिनको १० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्‍न पाइयोस।’

ललिता निवासको सरकारी जग्गा बिक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोतका तत्कालीन खरिदार तथा कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले हामफालेर आत्महत्या गरेको खबर बाहिर आएपछि सांसस रावलले भ्रष्टाचारविरुद्ध राज्यसंयन्त्र आक्रमक हुनुपर्नेमा जोड दिए ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने बताए । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका युक्त श्रेष्ठको हत्या भएको दाबी गरेपछि नेकपाका सांसदहरुले यस्तो मत राखेका हुन् ।

सांसद भन्छन्–‘दिनकै १० जना भ्रष्टाचारी मरेको सुन्न पाइयोस्’

सांसद भन्छन्–‘दिनकै १० जना भ्रष्टाचारी मरेको सुन्न पाइयोस्’

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, July 30, 2019

Skip This
Skip This
Logo