नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार दिउँसो बसेको सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
स्कुल विभागलगायतको बिषयमा निर्णय गर्न बसेको बैठक बिनानिष्कर्ष २ साताका लागि स्थगित भएको हो। बैठकपछि बाहिरिएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अब अर्को बैठक साउन २८ गते बस्ने जानकारी दिए ।
यसबीचमा ने क पाका एकता हुन बाँकी केन्द्रीय निकायहरु, केन्द्रीय विभाग, जेष्ठ नागरिक मञ्च, सल्लाहकार परिषद, सम्पर्कमञ्च लगायतको एकता टुंग्याउनका लागि गृहकार्य गर्ने सहमति भएको उनले जानकारी दिए।
स्कुल विभागको नेतृत्वका लागि पूर्व माओबादीबाट नारायणकाजी श्रेष्ठले दावी गरिरहेका छन् भने पूर्वएमालेबाट इश्वर पोखरेल, घनश्याम भुसाल र बेदुराम भुसालले पनि यसमा दाबी गरिरहेका छन् ।
नेकपाका ३३ मध्ये १८ पूर्वएमाले र १४ वटा विभाग पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति भए पनि स्कुल विभागको नेतृत्वका बारेमा सहमति जुट्न सकेको छैन ।
गत वर्ष जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो।





























प्रतिक्रिया