‘जनताले दिएको म्याण्डेड सरकारले पालना गर्न सकेन’

‘जनताले दिएको म्याण्डेड सरकारले पालना गर्न सकेन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई सत्तारुढ दलकै सांसदहरुले पार्टीभित्रको आन्तरिक संकटको परिणाम भएको बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका सांसदहरुले पार्टीभित्र संकट बढ्दै गएपछि ओलीले प्रस्ताव ल्याएको बताए । सांसदहरुले प्रधानमन्त्री ओलीलाई यो असंवैधानिक कदमलाई सच्याउन पनि सुझाव दिएका छन् ।

सांसद कृष्णप्रसाद दाहालले प्रधानमन्त्रीलाई प्रस्ताव फिर्ता लिन आग्रह गरे। प्रस्ताव संविधान अनुसार नभएको उल्लेख गर्दै उनले यसलाई सच्याउन आग्रह गरेका हुन् । उनले भने, ‘‘यो नेकपाभित्रको संकट गहिरिँदै जाँदाको परिणाम हो । यो राम्रो भएन् संवैधानिक बाटो समतेको छैन् यसलाई सच्याउनु पर्छ ।’’

अर्का सांसद विमला विकले यो प्रस्ताव जनताको हितमा नभएको बताइन् । जनताको बलिदानीबाट देशमा स्थिरता आएको उल्लेख गर्दै उनले जनचाहाना विपरितको काम नगर्न पनि आग्रह गरिन् ।

उनले भनिन्, ‘‘यो नहुनु पर्ने भयो । जनताको हितमा छैन् । जनताको बलिदानीबाट देशमा स्थिरता आएको थियो । जनताले दिएको म्याण्डेड सरकारले पालना गर्न सकेन् । यसमा दुः ख व्यक्त गर्छु ।’’

अरुलाई दोषी देखाएर कसैलाई पनि उम्किने ठाउँ नभएको उनले बताए । पार्टी विभाज र देशमा अस्थिरता ल्याउने पक्षमा कोही पनि नभएको उल्लेख गर्दै उनले अपरिवक्व नेतृत्वका कारण यस्तो अवस्था आएको बताइन् ।

Logo