संघीय संसदको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरुले झण्डै ४५ मिनेट नाराबाजी गरेपछि स्थगित गरिएको हो । "/>

बिपक्षी सांसदहरुको ४५ मिनेटको नाराबाजीपछि बैठक स्थगित

बिपक्षी सांसदहरुको ४५ मिनेटको नाराबाजीपछि बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरुले झण्डै ४५ मिनेट नाराबाजी गरेपछि स्थगित गरिएको हो ।

आसन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रहेपछि सभामुख महराले बुधबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

संसद बैठक शुरु हुनासाथ उनीहरुले विरोध जनाएका थिए । विरोधका बाबजुद सभामुख कृष्णबहादुर महराले शुन्य समयको कार्यसूची प्रारम्भ गरेपछि उनीहरुले रोस्टम घेर्दै नाराबाजी गरेका थिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको हत्याको विषयलाई लिएर बैठक अवरुद्ध  गरेका हुन् । पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेससहितका विपक्षी दलको माग छ । उनीहरुले यस अघि पनि यहि माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए ।

Skip This
Skip This
Logo