धार्मिक आक्रमण रोक्न कांग्रेसले वैदिक हिन्दु सनातन राष्ट्रको एजेन्डा बोक्नुपर्छः भीम पराजुली

धार्मिक आक्रमण रोक्न कांग्रेसले वैदिक हिन्दु सनातन राष्ट्रको एजेन्डा बोक्नुपर्छः भीम पराजुली

केन्द्रबिन्दु
30
Shares

नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले कांग्रेसले वैदिक हिन्दु सनातन राष्ट्रको एजेन्डा बोक्नुपर्नेमा जोड दिएका छन् । नेपालमा धार्मिक आक्रमणको श्रृङखला बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न जनताले विश्वास गरेको दल कांग्रेसले उक्त एजेन्डा बोक्नुपर्ने उनको सुझाव छ ।

कांग्रेस केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणाहरू राख्ने क्रममा नेता पराजुलीले भने, ‘नेपालमा धार्मिक आक्रमणको श्रृङखला बढेको छ । याे राेकिएन । यसाे हुनु भनेको हाम्रा धर्म, परम्परा, संस्कृति र सभ्यताको अन्त्य हुनु हाे । जुन देशकाे धर्म संस्कृति र सभ्यता माथि आक्रमण हुन्छ त्यसाे हुनु भनेकाे धार्मिक विचलनता निम्तिनु हाे । याे विचलनले देश द्वन्द्वमा जान्छ वा जानेवाला छ भन्ने शंकेत गर्दछ । यसाे हुन नदिन जनताले विश्वास गरेकाे दल नेपाली कांग्रेसले हिन्दु सनातन राष्ट्रकाे एजेन्डा बाेक्नु पर्छ । याे कुरा प्रतिवेदनमा समेटियोस् भन्न चाहन्छु ।’

उनले थपे, ‘मानिसका लागि २५ वर्षको समय चानचुने कुरा हैन । याे स्वर्णिम समय युद्ध र द्वन्द्वमा सकिएको छ । हामी यसवाट तङ्ग्रिदै याे व्यवस्था र अवस्था सम्म आइपुगेका छाैं । तर हामीले अब जनताको लागि दिने राहत के हुन सक्छ ? बेरोजगारी, आर्थिक मन्दीका बीच जनतालाई कसरी बचाउन सकिन्छ ? युवा,उद्यम र व्यवसायीहरूलाइ कसरी आश जगाउन सकिन्छ ? यसमा ध्यान दिउँ ।’

साथै नेता पराजुलीले अब नेपालमा नाेटबन्दीकाे आवश्यकता देखिएकाे पनि ‌औंल्याए । ५०० र १००० का नाेटहरूमा नाेटबन्दी लगाउने एजेन्डा पारित गर्न उनकाे आग्रह छ ।

Skip This
Skip This
Logo