डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बेला आयोः देउवा

डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बेला आयोः देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्सेनि हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उनले भारत र नेपालले एकाआपसमा दोषारोपण गरेर समस्या समाधान नहुने बताए ।

‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने, कति दिन सम्म चल्छ यो ? त्यसैले कुटनीतिक तहबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ ।’ उनले सरकारले बाढी र डुबानमा परी घरवारविहीन भएकालाई उचित बासस्थान र तत्काल राहतको व्यवस्था गर्न नसकेको आरोप लगाए ।

सिरहा, सुनसरी, रौतहट लगायत जिल्लाको अनुगमनका क्रममा आफूले कहीँ पनि सरकारको उपस्थिति नदेखेको उनको भनाइ छ । दुःख परेको बेला आवश्यक प्रबन्ध मिलाउनु पर्नेमा सरकार नपुगेको उनले टिप्पणी गरे ।
नागरिकबाट

Skip This
Skip This
Logo