नामिबियाविरुद्ध आसिफ शेखकाे अर्धशतक

नामिबियाविरुद्ध आसिफ शेखकाे अर्धशतक

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा पहिला ब्याटिङ गरिरहेको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक पुरा गरेका छन्।

आसिफ एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि दोस्रो सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन्। त्यस्तै सबैभन्दा बढी अर्धसतक बनाउने राष्ट्रिय कीर्तिमान आसिफकै नाममा छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ५ रनको अन्तरमा ३ विकेट गुमाएर दबाबमा परेपनि प्रारम्भिक ब्याट्सम्यान आसिफले सम्हालिएर खेलिरहेका छन्। आसिफ ५३ रनमा खेल्दैछन्। उनले कुशल मल्लसँग चौथो विकेटका लागि ४८ रनको साझेदारी गरिसकेका छन्। कुशल मल्ल १८ रनमा खेल्दैछन्।

४८ एकदिवशीय अन्तर्राष्ट्रिय खेल्नेक्रममा आसिफले हालसम्म १२ अर्धसतक र एक सतक बनाएका छन्। आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ३८ रनको साझेदारी गरेका थिए। तर ५ रनको अन्तरमा ३ विकेट गुमाएर नेपाल दबाबमा आएको थियो। नेपालका कुशल भुर्तेलले १८ रन बनाए भने देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन्। नेपालले १७ ओभरमा ३ विकेट गुमाएर ९१ रन जोडेको छ।

Skip This
Skip This
Logo