कांग्रेस र समाजवादीबीच दुई बुँदे सहमति: संसद अधिवेशन तत्काल बोलाउन सरकारलाई दबाब दिइने

कांग्रेस र समाजवादीबीच दुई बुँदे सहमति: संसद अधिवेशन तत्काल बोलाउन सरकारलाई दबाब दिइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच २ बुँदे समझदारी भएको छ ।

शनिबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका शीर्ष नेताहरुबीच भेटको क्रममा संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने र संसदमा प्रतिपक्षी दलहरुबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो ।

बैठकमा कांग्रेस सभापति देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए भने जसपाको तर्फबाट कार्यकारी अध्यक्ष महन्थ ठाकुर, डा बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।

छलफलमा सहभागी नेताहरुले बताए अनुसार सरकारको पछिल्लो भूमिका र गतिविधिप्रति असन्तुष्टि पोख्दै सरकारलाई कसरी दबाब दिने भन्ने बारे छलफल केन्द्रित थियो । अचानक तय भएको छलफलमा २ बुँदासहित समझदारी गरिएको छ ।

संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र कोभिड १९ संकट लगायत जनसरोकारका सवालमा संसदभित्र प्रतिपक्षी दलहरुबीच सहकार्य गरेर अगाडि बढ्ने गरी २ बुँदे सम्झौता गरिएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।अन्नपूर्णबाट

Logo