काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह-इन्चार्ज छानेको छ । बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सह-इन्चार्जको तोकेको हो ।
नेकपाले सचिवालय बैठकले ४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा छानेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले विभाग र आयोगबारे भने कुनै टुंगो नलगाएको प्रवक्ता श्रेष्ठको भनाई छ । प्रवक्ता श्रेष्ठका अनुसार विभाग र आयोगबारे मंगलबार बस्ने बैठकले लगाउनेछ ।
सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी र पूर्वएमालेले आन्तरिक छलफल गरेका थिए । उनीहरुले आ-आफ्नो भागमा परेका नेतृत्व कसलाई दिने भन्नेबारे पूर्वमाओवादी नेताहरुले आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा छलफल गरेका थिए ।
को कहाँ ?





































प्रतिक्रिया