माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पार्टीले तयारी गरिरहेको सांगठनिक अभियान र कार्यविभाजन लगायत विषयहरुमा छलफल हुने जनाइएको छ।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो। बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए।

बैठकमा काम गर्ने-नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको प्रवक्ता समेत रहेका पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।

Skip This
Skip This
Logo