सदनमा एमालेः विवादित ३ मन्त्रीको राजीनामा वा बर्खास्तीको अडान कायमै

सदनमा एमालेः विवादित ३ मन्त्रीको राजीनामा वा बर्खास्तीको अडान कायमै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। तीन मन्त्रीको राजीनामा अडान कायमै रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा या बर्खास्तीको मागसहित सदनमार्फत् पुन: प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

जारी प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरूको विषयमा आफूहरूले उठाएको सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुपर्ने दोहोर्‍याएका हुन्।

बालकुमारी घटनामा सरकारी प्रतिवेदनले दोषी देखाएका भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारको छानबिनमा परेका स्वास्थ्यमन्त्री मोहन बस्नेत, र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटनमन्त्री सुदन किरातीको राजीनामा एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ।

Skip This
Skip This
Logo