विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद, राष्ट्रिय सभा समक्ष पेश गरिएको छ।

सभाको आजको वैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराउनुभएको थियो ।सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा वैठक सम्पन्न भएको जानकारी दिए।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावत थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गरेका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाए।

Skip This
Skip This
Logo