लघुवित्त पीडितहरू संसद भवन छिरेको घटनामा सभामुखद्वारा गम्भीर चासो व्यक्त, गृहमन्त्रीसँग लिए ब्रिफिङ

लघुवित्त पीडितहरू संसद भवन छिरेको घटनामा सभामुखद्वारा गम्भीर चासो व्यक्त, गृहमन्त्रीसँग लिए ब्रिफिङ

केन्द्रबिन्दु
42
Shares

संसद परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो व्यक्त गरेका छन् । आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट सभामुख घिमिरेले घटनाबारे जानकारी लिएका हुन् ।

उनले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए ।

सो क्रममा गृहमन्त्री श्रेष्ठले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । उनले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको, संसद भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको जानकारी दिए ।

Skip This
Skip This
Logo