माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्नेछ।

आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले स्थायी समिति बैठक तय गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका लागि गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।

हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ।

बैठकमा तराई-मधेश अभियान, उत्तर-दक्षिण अभियानका विषयमा छलफल हुने सापकोटाले बताए। माओवादी केन्द्रले आगामी चैत १ गतेदेखि तराई-मधेशमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

Skip This
Skip This
Logo