आठ संसदीय समितिको बैठक बस्दै

आठ संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। मंगलबार एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दैछ। महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृति सष्णिुता प्रवद्र्धनका विषयमा छलफल हुँदैछ।

त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची रहेको छ भने दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा छलफल गर्ने कार्यसूची छ।

आजै सार्वजनिक लेखा समिति, राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, अर्थ समिति र कानून न्याय तथा मानव अधिकार समितिले विविध विषयमा छलफलका लागि बैठक बोलाएका छन्।

Skip This
Skip This
Logo