राष्ट्रिय सरोकार समितिमा आज प्रधानमन्त्रीले जवाफ दिने

राष्ट्रिय सरोकार समितिमा आज प्रधानमन्त्रीले जवाफ दिने

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ।

मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा विहान ११ बजे पुनः बैठक बोलाइएको छ।

आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ।

विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरुको हालसम्मको कार्यान्वनयको अवस्था साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरुमा छलफल गर्न प्रधानमन्त्री दाहाललाई बोलाइएको र बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने कार्यक्रम रहेको समितिले जनाएको छ।

Logo