दुई अध्यक्षबीच भेटवार्ता हुँदै गर्दा वामदेव पनि खुमलटारमा

दुई अध्यक्षबीच भेटवार्ता हुँदै गर्दा वामदेव पनि खुमलटारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनको निवास खुमलटार गएकै बेला उपाध्यक्ष वामदेव गौत्तम पनि प्रचण्ड निवास पुगेका छन् । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास पुगेकै बेला गौत्तम पनि पुगेका हुन् ।

प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री ओली बिहान १० बजे खुमलटार पुगेका थिए । उनीहरुबीच करिव एक घण्टा एक्लाएक्लै छलफल भएको संयोजक सापकोटाले बताए।

दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ । भोलि (आइतबार) स्थायी कमिटी बैठक डाकिएको छ ।

Skip This
Skip This
Logo