बाढीपहिरो पीडितलाई कांग्रेस सांसदहरुले ५ दिनको तलब दिने

बाढीपहिरो पीडितलाई कांग्रेस सांसदहरुले ५ दिनको तलब दिने

केन्द्रबिन्दु
0
Shares

बाढी, पहिरो र डुवान पीडितहरुलाई नेपाली कांग्रेसका सांसदहरुले पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जानकारी गराएका हुन् । सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा ६३ छन् भने राष्ट्रिय सभामा १३ जना गरी कुल ७६ जना सांसद छन् ।

कांग्रेसले संसदको अन्य कारवाही स्थगन गरी बाढीपहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको आरोप लगाएको छ ।

‘सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो । नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ’ प्रमुख सचेतक खाणले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Skip This
Skip This
Logo