सोलुखुम्बु। जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु अध्यक्षमा फुरी ग्याल्जेन शेर्पा चयन भएका छन्।
समितिको उपाध्यक्षमा भैराज मगर र सुरतबहादुर बस्नेत, सचिवमा हेमन्त किराती, उपसचिवमा योगेश बराइली र युद्ध मगर तथा कोषाध्यक्षमा प्रेम नेम्बाङ चयन भएका हुन्।
शनिबार सल्लेरीमा भएको भेलाले शेर्पाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो। त्यस्तै, भेलाबाट १३ सदस्यीय जिल्ला कार्यकारिणी समिति चयन भएको छ।
सोही भेलाबाट किमा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय सोलुदुधकुण्ड नगर समिति र बसन्त पाख्रिनको संयोजकत्वमा माप्या दुधकोशी गाउँ समिति समेत पुनर्गठन गरिएको बताइएको छ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् सङ्गठन विभाग सचिव लाक्पा शेर्पा, कोसी प्रदेश समिति सदस्य भक्तबहादुर राई, शेर्पालुङ समितिका मुख्य सचिव महेश राना मगरलगायतका नेताहरु उपस्थित रहेका थिए।





























प्रतिक्रिया