प्रधानमन्त्री प्रचण्डले गरे कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल

प्रधानमन्त्री प्रचण्डले गरे कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज छुट्टाछुट्टै छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेकाे प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

प्रतिनिधिसभाको कानून, न्याय तथमा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ। सोही विधेयकमाथि छलफल गर्न आज समितिको बैठक बस्दैछ।

Skip This
Skip This
Logo