भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सञ्‍चार माध्यमहरुलाई भिडियो खिच्न रोक लगाएका छन् । मन्त्री महासेठले आईतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्‍चालनका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली काँग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका संचारकर्मीहरुलाई भिडियो खिच्न रोक लगाएका हुन । "/>

यातायातमन्त्री महासेठले रोके भिडियो खिच्न

यातायातमन्त्री महासेठले रोके भिडियो खिच्न

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सञ्‍चार माध्यमहरुलाई भिडियो खिच्न रोक लगाएका छन् ।

मन्त्री महासेठले आईतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्‍चालनका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली काँग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका संचारकर्मीहरुलाई भिडियो खिच्न रोक लगाएका हुन । उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै भने,- ‘यसरी भिडियो लिन हुन्‍न, क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्‍न ।’ मन्त्री महासेठले संचार माध्यामहरुलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताएनन् ।

यसैबीच नुवाकोट काँग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसी नेतृत्वको टोलीले नुवाकोट प्रवेश गर्ने विभिन्न सडकहरु वर्षाले बिगार्दा संचालन हुन कठीन भएकाले तत्काल मर्मत गर्न मन्त्री महासेठकाे ध्यानाकर्षण गराएको छ ।

Logo