सुदूरपश्चिमको मुख्यमन्त्रीमा रेशम चौधरीकाे दाबी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा रेशम चौधरीकाे दाबी

केन्द्रबिन्दु
153
Shares

काठमाडौँ। कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकमा सहभागी भएर नागरिक उन्मुक्ति, पार्टीका अध्यक्ष रेशम चौधरी बाहिरिएका छन्। उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट बाहिरिँदै उनले आजै सानो मन्त्रिपरिषद् पुनर्गठन हुने बताए। तर, आज मन्त्रिपरिषद् पुनर्गठन हुँदा नागरिक उन्मुक्ति पार्टी भने सहभागी नहुने भएकाे छ।

Logo